परशुराम धामको दर्शन गर्दै देउवा, आज बडाल जाँतमा सहभागी हुँने !

डडेल्धुरा : पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरेका छन ।

सोमबार भेटघाटका कार्यक्रमसँगै उनले परशुराम धाममा पुगेर दर्शन गरेका हुन । नेपालका चार वटा धाम मध्येको एक परशुराम धाममा पुगेर देउवाले यस क्षेत्रको विकासका लागि सधैँ लागि परेको बताए ।

डडेलधुरा प्राकृतिक रूपमा रमणीय जिल्ला भएको र थुप्रै धार्मिक स्थल, शक्तिपिठ भएको जिल्ला पनि भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने उनले बताए । देउवा मंगलबार बडालको लाटा गन्याप देवताको पूजाआजा जाँत (मेला) मा सहभागी हुने कार्यक्रम रहेको छ ।

बडाल जाँत दाइन दमाहा, भोकर, रुईसिँग बाजाको धुनमा हातमा नाङ्गो तलवार खेलाउँदै खेलिने छाला ९नाच० चौलोले प्रसिद्ध छ । बडाल उनको गृह पालिका गन्यापधुरा गाउँपालिका–२ मा पर्छ ।

बुधबार कात्तिक २८ गते कांग्रेस डडेलधुरा कार्यसमितिको बैठक, २९ गते भेटघाट, ३० गते जन्मथलो गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा र मङ्सिर १ गते उग्रतारा मेला (देहिजाँत) जाने कार्यक्रम तय भएको उनले जानकारी दिए । देउवा मङ्सिर २ गते सङ्घीय राजधानी काठमाडौँ फर्किने कार्यक्रम छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार