चर्चामा सुशान्त केसीको ‘बार्दली’, छोटो समयमै करोड क्लब नजिक

काठमाडौं : युवापुस्तामाझ चर्चित गायक सुशान्त केसीको पछिल्लो गीत ‘बार्दली’ ले राम्रो चर्चा पाइरहेको छ। 

दुई साताअघि सार्वजनिक गीत टिकटक, फेसबुक रिल्स लगायतमा छाएको छ।  रिलिजको दुई सातामै भिडिओ करोड क्लब नजिक पुगेको छ।

Tihar shuvakamana
Discovery School

गीतको भिडिओलाई आइतबार बेलुकासम्म ९७ लाखभन्दा बढी पटक हेरिएको हो। सम्भवतः सोमबारसम्ममा भिडिओलाई १ करोडभन्दा बढी पटक हेरिनेछ।

गीत युट्युब ट्रेन्डिङमा संगीत खण्डतर्फ शीर्षस्थानमा छ। ‘बार्दली’ मा सुशान्त र इन्द्रकला राईको स्वर छ। गीतको रचना र संगीत सुशान्त केसीकै हो। 

३ मिनेट ३२ सेकेण्डको भिडिओमा सुशान्तसहित आकृति राजभण्डारी, शशांक बोहरा, आन्ना शर्मा, निश्चल बस्नेत, सृष्टि श्रेष्ठ, स्वस्तिमा खड्कासम्म देखिएका छन्। सुशान्त केसीका यसअघिका गीतले पनि राम्रो चर्चा र भ्युज पाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार