कैलालीमा धान उत्पादनमा वृद्धि

धनगढी : कैलालीमा धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीले यस वर्ष धानको उत्पादन गत वर्षको तुलनामा बढेको जनाएको छ ।

ज्ञान केन्द्रका सूचना अधिकारी श्याम जोशीले उत्पादन ७–८ प्रतिशतसम्म बढेको आकलन गरिएको बताए । ‘तथ्यांक संकलन गरेका छौँ, एकीकृत गर्न बाँकी छ,’ उनले भने, ‘संकलित तथ्यांक हेर्दा गत वर्षको तुलनामा सात–आठ प्रतिशतसम्म उत्पादन बढेको देखिएको छ ।’

जिल्लाभरि ५० ठाउँमा किसानको खेतमै गएर धान कटानी र थ्रेसिङ गरेर तथ्यांक संकलन गरिएको ज्ञान केन्द्र प्रमुख हरिप्रसाद पनेरूले जानकारी दिए । एक ठाउँमा कम्तीमा १० हेक्टर क्षेत्रमा धान उत्पादनको विवरण संकलन गरिएको उनले बताए ।

यस वर्ष नियमित वर्षा भएको, रोगव्याधी नदेखिएको र बाढीले पनि धेरै क्षति नगरेकाले उत्पादन बढेको उनको भनाइ छ । ‘गत वर्ष धानमा गोबारो रोग देखिएको थियो, केही ठाउँमा बाढीले पनि क्षति गरेको थियो,’ उनले भने, ‘यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन बढेको देखिएको छ ।’

धान उत्पादनको पकेट क्षेत्रको रूपमा रहेको कैलालीमा गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ४।७ मेट्रिकटन रहेको ज्ञान केन्द्रले जनाएको छ । आधुनिक प्रविधि र उन्नत बिउको बढ्दो प्रयोगले पनि उत्पादकत्वमा सुधार हुँदै गएको कृषि प्राविधिकहरू बताउँछन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार