बाजुरामा हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार

बाजुरा : बाजुरामा हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । आइतवार हिमाली गाउँपालिका ५ कि अन्दाजी २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

प्रेमकलाले कात्र्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले जिल्ला अस्पतालमा पुगाएका थिए । उनले जिल्ला अस्पतालमा २३ गतेकै साँझ ९ बजे अप्रेसन गरेर दोस्रो बच्चा पाएकी थिइन् । अहिले बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

Tihar shuvakamana
Discovery School

दुई दिनदेखि जिल्ला अस्पतालमा रहेकी प्रेमकलाको स्वास्थ्यमा समस्या देखिएपछि जिल्लामा उपचार सम्भव नभएकाले थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत रिफर गरिएकोे जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

स्वास्थ्यमा जटिल समस्या आएपछि राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार