बैतडीका बजार क्षेत्रमा नाङ्गो तार हटाउन सुरु

बैतडी : बैतडीका बजार क्षेत्रमा नाङ्गो तार हटाउन सुरु गरिएको छ।

जिल्लाको पाटन बजारबाट नाङ्गो तार हटाएर कालो तार विस्तार गर्न लागिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ। मुख्य गरी अहिले पाटन नगरपालिकाको खोड्पे बजार पाटन बजार देइमाण्डौँ र सदरमुकामको गोठलापानी बजार क्षेत्रमा नाङ्गो तार हटाउन थालिएको वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए।

नाङ्गो तारका कारण दुर्घटनाको जोखिम बढेकाले सरकारले सुरुवातमा बजार क्षेत्रका तारहरू हटाउन थालेको हो। बैतडी लगायत देशभरका विद्युतका नंगा तारहरू छुँदा करेन्ट लागेर मृत्यु भएका घटनाहरू आइरहेका हुन्छन्।

नयाँ विद्युत विस्तारभन्दा केही चुनौती रहेकाले पाटन बजारमा कालो तारबाट विद्युत प्रवाह गर्ने काम अगाडि बढेको केन्द्र प्रमुख पौडेलले बताए।नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका तारले बैतडीका बजार क्षेत्र अव्यवस्थित छन्।

बजारको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका लागि बजारका विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको वितरण केन्द्रले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार