शिवनाथ मेलामा छालाको ‘गिर’

बैतडी : छालाको गिर (भकुण्डो) खेलेर यहाँको प्रसिद्ध शिवनाथ मन्दिरमा मेला मनाइएको छ ।

कात्तिक सप्तमीको रातिदेखि सुरु भएको मेला अष्टमीको बिहान मन्दिरमा विधिवत् पूजाआजा गरी छालाको गिर खेलेर मनाइएको हो । शिवनाथ गाउँपालिका–६,मा रहेको प्रसिद्ध शिवनाथ मन्दिरमा मेला लाग्नु अघि धामी र पुजारीले स्थानीय भानमति धारामा नुहाएर आएपछि मेला शुभारम्भ हुन्छ ।

Tihar shuvakamana
Discovery School

मेलाको असरमा शुक्रवार गाउँपालिकाले बिदा दिएको छ । शिवनाथ गाउँपालिका–५, कफाडी मन्दिरमा दशैंकाँ बेला बलि दिएको पहिलो राँगाको छालाबाट स्थानीय पहरी जातीले परालको भुस राखेर छालाको गिर बनाउने चलन छ ।

तयार भएको गिर दामाहा बजाउँदै सप्तमीको बेलुकी मन्दिरमा लगेर धनाडी क्षेत्री र दमाई जातीका व्यक्तिलाई बुझाउने चलन रहेको छ । बेलुकी मन्दिरमा पुर्याईएको गिर अष्टमीको बिहान दर्शनार्थीले एक आपसमा खोसाखोस गरेर खेल्ने गर्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार