अवैध कासहित कैलालीबाट दुई जना पक्राउ

धनगढी : धनगढीमा अवैध काठ सहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१५ उर्मीबाट सोही ठाउँका ३२ वर्षीय होरीलाल राना र ३५ वर्षीय बिनोद रानालाइ अबैध काठ र गोरू गाडा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो।

SHIKHAR COOL TECH

अन्दाजी २३ हजार ४३७ मुल्य बराबरको सालको काठ प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईको हो।

उक्त अबैध काठ सहितको गोरु गाडा सहित दुबै जनालाइ आवश्यक कारवाहीको लागि वन कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार