काठमाडौँ : सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो । बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।
प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्रको प्रभावकारिता, आगामी महिना स्थानीय तहमा रिक्त विभिन्न पदका लागि हुने उपनिर्वाचन, पार्टीको आन्तरिक व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्