यू-१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

काठमाडौं : एसीसी पुरुष यू-१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर ९ मा श्रीलंकासँग खेल्नेछ ।

Tihar shuvakamana
Discovery School

प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह बी मा नेपाल र श्रीलंकासहित बंगलादेश र अफगानिस्तान समूह ‘बी’ छन् । भारत, पाकिस्तान, यूएई र जापान समूह ए मा छन् ।

नेपालले डिसेम्बर १ मा बंगलादेशसँग र डिसेम्बर ३ मा अफगानिस्तानसँग समूह चरणको खेल खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल डिसेम्बर ६ र फाइनल खेल डिसेम्बर ८ मा हुनेछ ।

एसियाका पाँच टेष्ट राष्ट्र र छनोट भएर आएका नेपालसहितको ३ गरी कूल ८ टोलीले प्रतिस्पर्धा गर्ने यू-१९ एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म यूएईको दुबई र शारजहाँमा हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार