एक साताका लागि भोलि डडेल्धुरा आउँदै : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा भ्रमणमा आउने भएका छन् । उनी आइतबार बिहान एकसाता लामो भ्रमणका लागि डडेल्धुरा आउन लागेका हुन् ।

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका अनुसार सभापति देउवा आइतबार बिहान १० बजे काठमाडौंबाट डडेल्धुराका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको छ । प्रदेश कार्यसमितिका कार्यबाहक सभापति लोकराज अवस्थीले विज्ञप्तिमार्फत् देउवाको स्वागतका लागि गेटा विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

Tihar shuvakamana
Discovery School

सभापति देउवा कात्तिक २६ गते (सोमबार) डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कांग्रेस डडेल्धुराले जनाएको छ । जिल्ला सभापति भीमबहादुर साउदले सभापति देउवा कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा) मा सहभागी हुने कार्यक्रम रहेको जानकारी दिए ।

उनका अनुसार देउवाले कात्तिक २८ गते पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन् । यो पालिकामा नै उनको मतदाता नामावली रहेको छ ।

जिल्ला सभापति साउदले पूर्वप्रधानमन्त्री देउवा मंसिर १ गते डडेल्धुराको प्रख्यात उग्रतारा मेलामा सहभागी हुने कार्यक्रम तय भएको पनि जानकारी दिए । कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतका अनुसार डडेल्धुराबाट फर्किए पछि सभापति देउवाले मंसिर २ गते कैलालीको चौमाला बहुमुखी क्याम्पसको भवन उद्‌घाटन गर्ने छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार