सुरक्षाकर्मीलाई मिलाउने भन्दै रकम असुली गरेको आरोपमा दुई जना पक्राउ

धनगढी : कैलालीमा सुरक्षाकर्मीलाई मिलाउने भन्दै रकम असुली गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

शुक्रबार गौरीफन्टा नाकाबाट आइरहेका गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने २७ वर्षीय लोकेन्द्र ओझाबाट केही रकम लिएको आरोपमा दुई जना अटो रिक्सा चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Tihar shuvakamana
Discovery School

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका-३ मिलनचोक बस्ने २५ वर्षीय मनोज बहेडी र धनगढी-२ चौराह बस्ने ३१ वर्षीय करन बोहरा रहेका छन् ।

उनीहरूले ओझाबाट नेपालतर्फका सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनेर दुई हजार भारतीय रूपैयाँ लिएको पाइएपछि दुवै जनालाई सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म त्रिनगरको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार