विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी–३ मिलन चोक, धनगढी–१८ थापाघाट, गोदावरी–४ भीमदत्त राजमार्ग वन्नदेवी मन्दिर नजिक, टीकापुर–९ ठोसे बजारको भित्री सडक खण्ड र जोशीपुर–३ भितरियाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ९५ हजार ४६० मूल्य बराबरको सामान बरामद गरिएको हो।

SHIKHAR COOL TECH

उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, गुड, साबुन, मिठाई, सुर्ती, बिडी, बदाम, ब्लाउज, कुर्ति, सुट, हरियो खुर्सानी, चुरन, अटोका लक, अटोका हरन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार