बैतडी : बैतडीको दशरथचन्दमा आईतवार जात्राका लागि सार्वजनिक बिदा दिइएको छ।
दशरथचन्द नगरपालिका-८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिकाले कार्तिक २५ गते (आईतवार) स्थानीय सार्वजनिक बिदा दिएको हो।
नगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीमा लाग्ने मेलाका लागि सबै सरकारी तथा गैर सरकारी संघ संस्थामा स्थानीय सार्वजनिक बिदा दिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बिष्टले जानकारी दिए।
हरेक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रा हेर्न हजारौं दर्शनार्थीको घुइँचो हुने गर्दछ। त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन्।
प्रतिक्रिया दिनुहोस्