विगत १४ वर्षदेखि गुड उद्योग सञ्चालन गर्दै कञ्चनपुरका रामकुमार, उखु पाउनै धौ

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका-१० भुडाका रामकुमार चौधरीले विगत १४ वर्षदेखि गुड उद्योग सञ्चालन गर्दै आएका छन् । उनले २०६७ सालदेखि आफ्नै घर अगाडि एनबि गुड उद्योग चलाइरहेका हुन् ।

५ जना कामदार र ३ जना घरका मान्छेहरुसहित ८ जनाले गुड उद्योगमा रोजगारी पाएका छन् । दैनिक ५० देखि ६० क्विन्टल उखु पेल्ने गुड उद्योगले ४ देखि ५ क्विन्टल गुड उत्पादन गर्ने गरेको चौधरी बताउँछन् ।

Seti Hospital

कार्तिकमा किसानहरुले खेतका कमजोर उखु र दुई वर्षभन्दा बढी भएका उखु हटाई गहुँ, तोरी छर्ने गर्दछन् । उखु उत्पादनका लागि उपयुक्त मानिने कञ्चनपुरको दक्षिणी क्षेत्रमा अहिले दुई ठुला चिनी उद्योग छन् । कञ्चनपुरको पुनर्वासमा रहेको भागेश्वर चिनीमिल र बेलौरीस्थित महाकाली सुगर मिलले मंसिरको दोस्रो र तेस्रो हप्ताबाट उखु पेल्न सुरु गर्छन् ।

‘मिल ढिलो चल्छ, पछि उखु हटाई गहुँ, तोरी छर्ने किसानहरुले गुड उद्योगमा उखु बेच्ने गर्छन्,’ चौधरीले भने, ‘चिनीमिल नचलुञ्जेल छिटो गहुँ, तोरी छर्ने किसानहरुले उखु यता ल्याउँछन् ।’ बेलौरीमा पछिल्लो समय गुड उद्योग लोप हुँदै गएको छ । करिब ३-४ महिना चल्ने गुड उद्योग अहिले एक महिना चल्न पनि धौधौ रहेको चौधरी बताउँछन् ।

‘चिनीमिल सञ्चालनमा आएपछि गुड उद्योग बन्द हुन्छ, उखु आउन बन्द हुन्छ,’ उनी भन्छन्, ‘यो वडामै मात्र आधा दर्जन गुड उद्योग थिए सबै बन्द भइसके, अहिले आफ्नै उखु पेलेर गुड उद्योग चलाउनुपरेको छ ।’ गुडको बिक्री मूल्य न्यून र उखुको मूल्य बढी भएकाले गुड उद्योगहरु बन्द गर्नुपर्ने अवस्था आएको चौधरी बताउँछन् ।

चिनीमिलमा किसानले उखु बिक्री गरेबाफत चिनीमिलबाट ५६५ रुपैयाँ पाउँछन् भने ७० रुपैयाँ अनुदान रकम पनि पाउँछन् । गुड उद्योगहरुले किसानका खेतबाट ३५० रुपैयाँमा उखु खरिद गर्ने गर्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार