बालिका मृत्यु प्रकरणः अस्पताल विरुद्ध ‘एफआइआर’ दर्ता

धनगढी : डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ। खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो।

सामान्य उपचारपछि बुधवार राति शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधीले रियाक्सन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। हिजो प्रहरीले उपचारमा संलग्न ३ जना चिकित्सकलाई नियन्त्रणमा लिएको थियो।

dashain shuvakamana
Discovery School

डाक्टर राजमणि यादव, डाक्टर सुरेन्द्रकुमार चौधरी र डाक्टर अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर नियन्त्रणमा लिएका तीनै जना चिकित्सकलाई प्रहरीले छोडिसकेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी इन्सपेक्टर सुर्यप्रकाश भट्टका अनुसार बालिकाको शव पोस्टमार्टमका लागि सिलगढी अस्पताल पठाइएको छ।

आफन्तहरुले उपचारमा लापरबाही गर्ने चिकित्सकहरुलाई कारवाहीको माग गर्दै शव बुझ्न मानेका थिएनन्। तर बालिकाका आफन्तले सम्वन्धित चिकित्सकलाई कारबाही गर्न एफआइआर दर्ता गरेपछि शव पोस्टमार्टम गर्न सिलगढी अस्पताल पठाइएको प्रहरी इन्सपेक्टर भट्टले बताए। बालिकाको मृत्यु भएपछि अस्पतालमा तनाव नै उत्पन्न भएको थियो। अस्पतालको उपचार सेवासमेत प्रभावित बन्न पुगेको छ।

प्रहरीले बुधबार रातिदेखि नै अस्पतालमा सुरक्षा पहरा दिइरहेको छ। मृतक बालिकाका आफन्त पनि अस्पतालमा भेला भएका छन्। मृतकका बुवा कामका लागि भारतमा छन्। अस्पताल प्रशासनले बालिकाको सल्यक्रियाका बेला एनेस्थेसीयाको रिएक्सन भएको प्रतिक्रिया दिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार