तिहार सकिएसङ्गै गाउँबस्ती फेरी रित्तिन थाले !

धनगढी : केही दिन अघि मात्रै भरिभराउ भएका गाउँघरहरु फेरी रित्तिन थालेका छन । विभिन्न कामको सिलसिलामा बाहिरी गएकाहरु दसैं तिहार मान्नका लागि फर्केपछि गाउँघर भरिभराउ भएका थिए । अहिले फेरी उनीहरु आआफ्नो कर्म थालो जान थालेपछि गाउँहरु रित्तिन थालेका हुन् ।

हिन्दुहरुका महान चाड बडा दसैं,तथा तिहार मनाउनका लागि देश विदेशबाट गाउँमा फर्किएकाहरु अहिले फेरी कर्मथालो जानका थालेका छबिसपाथिभेरा गाउँपालिका २ मुम्लाका स्थानीय तथा सञ्चारकर्मी समिर कठायतले जानकारी दिए ।

अध्यन तथा आफ्नो कामको सिलसिलामा काठमाण्डौं, धनगढी, महेन्द्रनगर नेपालगञ्ज, लगायतका विभिन्न सहरमा गएकाहरु स्कुल र आफू कार्यरत कार्यालयमा दसैं तिहार विदा भएपछि दसैं तिहार मनाउन गाउँ फर्किएका थिए , भने रोजगारीका लागि देश तथा विदेशी मुलक गएकाहरु घरपरिवारसंग दसैं तिहार मनाउन गाउँमै फर्किएका थिए ।

अहिले फेरी स्कुल, सरकारी तथा गैरसरकारी कार्यालय खुल्न थालेपछि उनीहरु कोही अध्ययनको लागी सहरतर्फ जाँदै छन् भने कोही रोजगारीका लागि विदेश हिँडिरहेका छन् । अहिले यो समयमा बझाङमा पनि यातायातको चाप निकै उच्च छ

जिल्लामा चल्ने बस, जिप लगायत यातायातका साधन भरिभराउ छन् । कर्मथलो फर्किनेलाई टिकट पाउनसमेत कठिनाइ भइरहेको छ । अहिले जिल्लाबाट विशेषगरी पढाइको सिलसिलामा बाहिरीनेको चाप लागेको दुर्गाथलि गाउँपालिकाको मौरीबगर बजारमा व्यापार गर्दै आएका खगेन्द्र जप्रेलले बताए ।

यो महिनाको अन्तिम सम्म सवारी साधनाहरु प्याक रहेको छबिसपाथिभेरा गाउँपालिका १ भाँडेमा खप्तड र पवनदुत यातायात प्रालि को काउन्टरका प्रतिनिधि दिनेश कठायतले जानकारी दिए । अहिले यात्रुहरुको चाप लागेकाले भाँडेबाट खप्तड र पवनदुत यातायातका थप दुई बस लागेको बताए । अहिले दैनिकी १ हजारको संख्यामा जिल्लाबाट बाहिरीने गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार