गोरख बहादुर रोकाया स्मृति महिला फुटबल प्रतियोगितामा फुलबारीकाे अल स्टार स्पोर्ट्स एकेडेमी विजेता

धनगढी : गोरख बहादुर रोकाया स्मृति फुटबल प्रतियोगिताकाे महिला विधामा अल स्टार एकेडेमी विजेता बनेकाे छ।

धनगढी उपमहानगरपालिका १५ फुलबारीमा सम्पन्न गोरख बहादुर रोकाया स्मृति बृहत पुरुष तथा महिला फुटबल प्रतियोगिता २०८१ को महिला विधामा अल स्टार स्पोर्ट्स एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ।

SHIKHAR COOL TECH

महिला विधामा ६ टिम सहभागी भएको प्रतियोगितामा अल स्टार स्पोर्ट्स एकेडेमीले सबैलाई पछि पार्दै उपाधि जितेको हो। विजेता टिमले रु. ३५,००० नगद पुरस्कार र ट्रफी प्राप्त गरेका छन्।

प्रतियोगितामा अल स्टार स्पोर्ट्स एकेडेमीका खेलाडीहरूले विशेष योगदानका साथ बिजय भएका हुन्। उत्कृष्ट खेल प्रदर्शनको आधारमा बिर्सना चौधरीलाई ‘प्लेयर अफ द म्याच’ यसोदा चिराललाई ‘बेस्ट फरवार्ड’ को उपाधि पाउन सफल भइन् भने मिना देउबा ‘राइजिङ प्लेयर’ को रुपमा घोषित भएकी छन् ।

प्रतियोगिता आयोजक सुर्मा देवी युवा क्लबले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने र खेलप्रति युवा पुस्तामा आकर्षण बढाउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेको थियो। यस्तै पुरुष विधामा सुर्मा देवी युवा क्लब नै बिजेता बनेकाे थियाे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार