चितवनमा इलेक्ट्रिक माइक्रो र बस ठोक्किँदा ज्यान गुमाउनेको संख्या ५ पुग्यो !

चितवन : चितवनमा इलेक्ट्रिक हाइस र यात्रुबहाक बस ठोक्किँदा पाँच  जनाको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा शुक्रबार बिहान तीन बजे मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किँदा ५ जनाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए।

धनगढी सूचना

दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रुहरू हुन्।

मृतकमध्ये गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका राजबहादुर गुरुङको पहिचान खुलेको डीएसपी रिजालले बताए। त्यसैगरी चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेकी अन्दाजी ४० वर्ष जतिकी महिलाको पनि मृत्यु भएको छ। अन्य ३ मृतकहरूको पहिचान भने भइसकेकाे छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार