स्कटल्याण्डमा साउथ साइड कम्युनिटिको देउसी भैलो कार्यक्रम सम्पन्न 

धनगढी ।  स्कटल्याण्डमा साउथ साइड कम्युनिटिले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । 

हिन्दु नेपालिहरुको दोस्रो महान पर्व तिहारको अवसरमा स्कट्ल्याण्डमा बस्ने नेपालीहरु मिलेर बनेको साउथ साइड कम्युनिटीको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको हो । 

Tihar shuvakamana
Discovery School

विदेशमा रहेर पनि आफ्नो देशको संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेपालि पाठशालाको लागि देउसी भैलो कार्यक्रम आयोजना गरिएको कम्युनिटिका अध्यक्ष पदमलाल खरेलले जानकारी दिएका छन् ।

अध्यक्ष खरेलका अनुसार  देउसी भैलो कार्यक्रममा स्कट्ल्याण्डका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

साथै नेपालबाट भिजिट भिसामा स्कटल्याण्ड पुगेका ज्येष्ठ नागरिकको पनि देउसी भैलो कार्यक्रममा बाक्लो उपस्थिति रहेको अध्यक्ष खरेलले जानकारी दिएका छन् ।  

उक्त देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकम कम्युनिटिले स्थापना गरेको नेपाली पाठशाला संचालनमा खर्च गरिने देउसी भैलो कार्यक्रमका संयोजक मिलन खरेलले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार