काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने निर्णय गरेको हो ।
जसअनुसार कोशीमा निशा डाँगी, मधेशमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
आगामी मंसिर १६ गते रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्