काठमाडौं : नेपालले आईसीसी यू-१९ टी-२० विश्वकपको एसियाली छनोटमा लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गर्यो।
एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो। नेपालकी रचनाकुमारी चौधरी र सिमा केसीले २र२ विकेट लिए। कुवेतका ६ जना ब्याटरले खाता खोल्न सकेनन्।
यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो। कुवेतविरुद्ध ब्याटिङमा नेपालका पुजा महतोले ३४, साना प्रभिनले २५ र ज्योत्सिन्का मरासिनीले २३ रन जोडेका थिए।
प्रतिक्रिया दिनुहोस्