१० देखि १५ बेड क्षमताका अस्पताल भवन निर्माणको काम अलपत्र

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले चार वर्षअघि एकैपटक शिलान्यास गरेका एउटा बाहेक कैलालीमा बाँकी अस्पताल भवन निर्माणको काम अलपत्र छन्।

लम्की–चुहा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुषमा महता केसीका अनुसार अस्पतालको फाइल स्वास्थ्य मन्त्रालयमा पठाइएको भए पनि थप काम अघि बढ्न सकेको छैन्। घोडाघोडी नगरपालिकाले जग्गाको भोगाधिकार लिन नसक्दा काम अगाडि बढाउन सकेको छैन। घोडाघोडीमा अस्पतालको पिल्लर मात्रै ठडिएका छन्।

SHIKHAR COOL TECH

घोडाघोडीका नगरप्रमुख खड्क रावतले जग्गाको भोगाधिकार लिन नसक्दा र डीपीआर स्वीकृत नहुँदा काम हुन नसकेको बताए। मोहन्याल गाउँपालिकाले १० शय्याको अस्पताल निर्माणको प्रक्रिया अघि बढाएको थियो। तर अहिलेसम्म अस्पतालको पिल्लर मात्रै ठडिएका छन्। गाउँपालिकाले बजेट अभावका कारण काम अगाडि बढ्न नसकेको बताएको छ।

संघीय सरकारले बजेट हस्तान्तरण नगरेपछि हालसम्म भौतिक प्रगति ४० प्रतिशत मात्रै भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र भण्डारीले बताए। यस्तै कैलारी गाउँपालिकाले अस्पताल निर्माणको काम अगाडि बढाएको छ। गाउँपालिकाले अस्पतालको भौतिक प्रगति पुरा भएको दाबी गरेको छ।

तर निर्माण कम्पनीलाई भुक्तानी गर्नुपर्ने दायित्व आधा बढी रहेको र सो रकम संघीय सरकारले नदिँदा भवन हस्तान्तरण हुन बाँकी रहेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए। कैलारी गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको हो। २०८१ असार मसान्तसम्म निर्माण सक्ने गरी २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो।

कैलारीमा संघीय सरकारको १८ करोड ५२ लाखमा अस्पताल निर्माण भइरहेको हो। धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिकाबाहेक सबै पालिकाहरूमा प्रधानमन्त्री ओलीबाट अस्पतालको शिलान्यास भई निर्माणको प्रक्रिया अगाडि बढाइएको थियो। तर बजेट अभाव लगायत कारण अपेक्षाकृत रुपमा काम हुन सकेको छैन्। जिल्लाको बर्दगोरिया गाउँपालिकाले भने १५ शय्याको अस्पतालबाट गत वर्षदेखि नै स्वास्थ्य सेवा दिन सुरु गरिसकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार