सुखड–भजनी सडक चौडा तथा कालोपत्रे गर्ने

कैलाली : कैलालीको सुखड–भजनी सडक खण्डका लागि दुई चरणमा टेण्डर भई सडक चौडा तथा कालोपत्रे गर्ने काम सम्पन्न पनि बिच खण्डमा पर्ने चारकिलो मिटर सडक कालोपत्रेका लागि छुटेको छ ।

पहिलो चरणमा भजनी नगरपालिकाको भजनी बजारदेखि सुखड खण्डको बिजुलिया सम्म १० किलोमिटर सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७६–७७ बाट भजनीबाट निर्माण सुरु भई कार्य सम्पन्न भएको छ ।

त्यसैगरी दोस्रो चरणमा आर्थिक वर्ष २०७८-७९ मा सुरु भएको घोडाघोडी नगरपालिका सुखडदेखि कीर्तिपुर जङ्गलसम्म सडक कालोपत्रे निर्माण कार्य सम्पन्न भएको छ ।

तर कीर्तिपुर जङ्गलदेखि बिजुलिया गाउँसम्मको चार किलोमिटर सडक खण्ड हालसम्म कालोपत्रे हुन नसक्दा उक्त सडकमा यात्रा गर्ने यात्रुहरूले सडक खाल्डाखुल्डीका कारण यात्रा सकस हुनुको साथै दुर्घटना हुने गरेको बताएको छ ।

उक्त सडक खण्ड भएर सधैँ यात्रा गर्ने सुखडका पुष्पराज जैशीले भजनी क्षेत्र र सुखड क्षेत्रतर्फ कालोपत्रे हुने बिचमा सडक कालोपत्रे नहुनुले बिचको कच्ची सडकमा यात्रा गर्दा दुःख हुने गरेको बताए ।

सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा दुई चरणमा सडक स्तरोन्नतिसहित कालोपत्रे भएको जनाइएको छ । भजनी नगरपालिका वडा ४ का वडाध्यक्ष जन्ताराम चौधरीले कालोपत्रे हुन नसकेको सडकमा वर्षायाममा वडाको बजेटले सामान्य ग्राभेल, खाल्डाखुल्डी भर्ने काम गरेको बताए । 

उनले कालोपत्रेका लागि प्रदेश सरकारसँग पटक पटक आग्रह गर्दै लिखित माग गरेको समेत जनाए । कैलाली क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद गङ्गा चौधरीले कालोपत्रे हुन छुटेको सडक कालोपत्रेका लागि सङ्घीय सरकारले छ लाख रकम विनियोजन गरेको जानकारी दिँदै चालु आर्थिक वर्षमा कालोपत्रे हुने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार