डेंगुको सङ्क्रमण वर्षेनी बढ्दै !

काठमाडौ : डेंगुको सङ्क्रमण वर्षेनी बढ्दै गइरहेको चिकित्सकले बताएका छन् । विगतको तथ्याङ्कका आधारमा हेर्दा वर्षेनी डेंगु सङ्क्रमण बढिरहेको उनीहरुको दाबी छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने गत वर्षको तुलनामा यस वर्ष हरेक महिनामा कम सङ्क्रमित फेला परेका छन् । तर सङ्क्रमणको जोखिम कम भने नरहेको सरकारले बताएको छ ।

Tihar shuvakamana
Discovery School

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले प्रत्येक आउट ब्रेकसँगै थप कडा रुपमा डेंगु प्रस्तुत भइरहेको बताए । उहाँले आगामी वर्षहरु झनै चुनौतिपूर्ण बन्ने जानकारी दिए । उनले यस वर्ष तनहुँमा आउट ब्रेक भएको बताए ।

काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर चितवन जिल्ला डेंगुबाट बढी प्रभावित भएका जिल्लाहरु हुन् । गण्डकी प्रदेशमा देशभर देखिएको डेंगुका सङ्क्रमितहरुमध्ये ५० प्रतिशत सङ्क्रमित फेला परेका छन् । अहिलेसम्म हुम्ला बाहेकका सबै जिल्लामा डेंगु फैलिसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

त्यस्तै डेंगु लागेका १२ जनाको पनि गत जनवरी यता मृत्यु भएको छ । अहिलेसम्म २८ हजार २१२ जनामा सङ्क्रमण भएको सरकारको तथ्याङ्क छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्नुहुँदै उनले कोभिड सकिएपछि डेंगु झनै घातक भएर आएको र आगामी वर्षहरुमा महामारीको रुप लिनसक्ने चेतावनी दिए । डेंगुले सताइरहँदा समेत आम सर्वसाधारणमा भने चासो दिएर हेरचाहमा नलागेको गुनासो उनको छ ।

आगामी वर्ष हाम्रा लागि चुनौतिपूर्ण छन्

विगतको तथ्याङ्कलाई आधार मान्ने हो भने डेंगुको सङ्क्रमण दर वर्षेनी बढ्दो छ । वर्षेनी प्रकोप सँगसँगै सङ्क्रमितको सङ्ख्या बढाइरहेको अवस्था छ । यसले मृत्युदर पनि बढाइरहेको छ । सिमित ठाउँमा देखिने गरेको डेंगु अहिले हरेक ठाउँमा देखिन थालेको छ ।

कोभिड सकिने वित्तिकै डेंगु झन घातक रुपमा प्रस्तुत भएर आएको छ । प्रत्येक आउट ब्रेकसँगै थप कडा रुपमा डेंगु प्रस्तुत भइरहेको अवस्था छ । यसलाई नै एउटा आधार मान्ने हो भने आगामी वर्षहरु हाम्रा लागि चुनौतिका वर्षहरु छन् ।

संवेदनशील मानिस सङ्क्रमणमा परेका छन्, डेंगु नियन्त्रणमा लागौँ

डेंगुको सङ्क्रमण जति फैलिँदै गयो, त्यति नै कठिन हुन्छ । संवेदनशील मानिसहरु बढी सङ्क्रमणमा परिरहेका छन् । यसमा ज्येष्ठ नागरिक, दीर्घरोगीहरु संवेदनशील समूहमा पर्छन् ।

सङ्क्रमण जति धेरै बढ्दै गयो, त्यति नै त्यसको अनुपातमा यो घातक स्वरुपमा प्रस्तुत भइरहेको अवस्था छ । डेंगु आगामी दिनमा घातक महामारीको रुपमा आउने अवस्था देखिन्छ । अहिलेदेखि नै हामीले डेंगु नियन्त्रणमा लाग्नुपर्छ । क्याम्पेनहरु गर्नुपर्छ । तर अहिले हामी त्यति चिन्तित भएको देखिँदैन ।

डेंगुलाई सर्वसाधारणले गम्भीरताका साथ लिएनन्

कतै न कतैबाट प्रचारप्रसार भइ नै रहेको छ । तर गम्भीरताका साथ हामी सर्वसाधारणले नलिएको हो की भन्ने मेरो बुझाइ छ । कति बेला लिने ? अहिले नलिए कहिले लिने ? यो प्रश्न छ । प्रचार प्रसारको अभियानलाई अझ आक्रामक रुपमा अघि बढाउनुपर्छ । जति गरे पनि भएन भन्ने नभइ अहिलेको भन्दा दुई गुणा, तीन गुणा प्रचारप्रसार गर्नुपर्छ ।

डेंगुबाट विश्व नै प्रभावित हुँदैछ

डेंगुबाट नेपाल मात्रै नभइ विश्व नै प्रभावित हुनेवाला छ । नेपालले चाह्यो भने रोल मोडलको रुपमा काम गर्नसक्छ की भन्ने मेरो एउटा सोच थियो । हामीले चाहेर मात्रै हुँदैन, यसमा सर्वसाधारणले नै चनाखो हुनुपर्छ । डेंगुबारे हेलचेक्राँइ छ । तर तारन्तार वान्ता हुनु, पेट असाध्यै दुख्नु, नाक र गिजाबाट रगत बगेको छ । थकित अवस्था छ भने अस्पताल जानुस्, घरमा नबस्नुस् । त्यो डेंगीको चेतावनी हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार