आईसीसी यू १९ : नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ : आईसीसी यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको एसिया छनोटमा बिहीबार नेपाल र कुवेतबीच खेल भइरहेको छ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३० रन बनाएको छ। १३१ रनको लक्ष्य पाएको कुवेतले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ।

नेपालका लागि कप्तान पुजा महतोले ३४ रन बनाइन् भने साना प्रविणले २५ र ज्योत्सिना मरासिनीले २३ रनको योगदान दिइन्। यूएईमा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बुधबार थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो। प्रतियोगितामा अर्को टिम यूएई छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार