चौलोले प्रसिद्ध डडेल्धुराको बडाल जाँत यही कार्तिक २७ गते

धनगढी : डडेल्धुरामा चौलोले प्रसिद्ध बडाल जाँत यही कार्तिक २७ गते हुने भएको छ । बडाल जाँत हरेक वर्ष कार्तिक शुक्ल दशमीको राती रतेडी र एकादशीका दिन दिउँसेडी गरी मनाइने परम्परा छ ।

गन्यापधुरा गाउँपालिका २ बडालमा रहेको लाटागन्याप देवताको पूजा गरी यो जाँत मनाइन्छ । गन्यापधुरा २ का अध्यक्ष मनोज देउवाले २६ गते रतेडी र २७ गते दिउँसेडी मेला लाग्ने बताए ।

चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर चौलो खेल्ने गरिन्छ । मेलामा स्थानीय अन्य गाउँबाट पनि देउरो ल्याउने चलन छ ।

मेलामा स्थानीय कृषकहरुको विभिन्न कृषि उत्पादन, दाल, हलो–जुवा लगायतका वस्तुहरु किनमेल हुने गर्दछ । सुदूरपश्चिमकै सबैभन्दा बढी दाइन, दमाहा र भोक्कर बजाउने मेलाका रुपमा समेत यो मेला प्रशिद्ध छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार