नेपालगन्ज : कोहलपुरमा सञ्चालित एक नीजि विद्यालयका सञ्चालक करणी आरोपमा पक्राउ परेका छन् । पीडित बालिकाको उजुरीको आधारमा सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाकेका इन्सपेक्टर नवीन चापागाईंले बताए ।
‘१४ वर्षीय बालिकाले जबरजस्ती करणीको उजुरी दिएपछि हामीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याइसकेका छौं,’ प्रहरी निरीक्षक चापागाईंले भने, ‘यसबारे थप बुझ्ने काम भइरहेको छ ।’ प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत गराइसकेको छ । यसबारे थप जानकारी आउन बाँकी छ ।
यस्तै खेतमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका २ कर्दहवा नस्ने २४ वर्षीय सन्दीप कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
थारुले ती किशोरीलाई कातिक १९ गते राति खेतमा लगेर बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ। कौशिलानगर नगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट अनुसन्धान गर्न खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दनुहोस्