धनगढीबाट तीन जना फरार प्रतिवादी पक्राउ

धनगढी : धनगढीबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्।

बाल यौन दुर्व्यवहार मुद्दामा १५ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय हरिश कार्की, लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–४ बस्र्ने  २५ वर्षीय सुवास थापामगर र चेक अनादर मुद्दामा १ हजार जरीवाना तोकिएको धनगढी उपमहानगरपालिका–१४ बस्ने ४३ वर्षीय शंकर प्रसाद शर्मा पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार