अछाममा निर्माणाधीन मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन नगरपालिकाको अनुरोध

धनगढी : अछाममा निर्माणाधीन अवस्थामा रहेको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन नगरपालिकाले अनुरोध गरेको छ । पुरानै संरचनामा निर्माण भइरहेको दरबारको झ्यालमा सिसा लगाएकाले दरबारको ऐतिहासिक तथा सांस्कृतिक झल्को मेटिने भएकाले सिसा हटाउन पत्र पठाएको छ ।

दरबारको झ्यालमा लगाइएका सिसा हटाएर पुरानै शैलीमा काठको प्रयोग गर्न अनुरोध गरिएको छ । पुरानै शैलीमा निर्माण भइरहेको दरबार पर्यटकीय रूपमा हेरिएकाले सिसा प्रयोगविरुद्ध स्थानीयको माग र दबाब भएकाले सहरी विकास तथा भवन निर्माण विभागलाई लेखिएको नगर उपप्रमुख सङ्गीता रावल सोडारीले जानकारी दिइन । सिसा प्रयोगले दरबारको स्वरूप नै भद्दा भएको दरबार अवलोकन गर्नेको भनाइ आइरहेको बताइएको छ ।

२०६७ सालमा निर्माण पूरा हुने गरी २०६५ मा ठेक्का भएर निर्माणका क्रममा रहेको मङ्गलसेन दरबारलाई प्रदेशस्तरकै सङ्ग्रहालय बनाउनुपर्र्ने माग बढेको छ । ऐतिहासिक र सांस्कृतिक रूपमा ठुलो सङ्ग्रहालयका रूपमा सुदूरपश्चिम प्रदेश सरकारले सङ्ग्रहालय बनाउन स्थानीयको माग छ ।

अछामी राजाका पालामा करिब दुई सय वर्षअघि निर्माण गरिएको भनिएको सो दरबार २०५८ फागुन ४ गते राति तत्कालीन नेकपा (माओवादी) ले सदरमुकाम आक्रमणका क्रममा ध्वस्त भएको थियो । १४ वर्षसम्म पनि निर्माण नभएको भन्दै स्थानीय आक्रोशित छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार