काठमाडौं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार भएको छ । प्रधानमन्त्री ओली सोमबार साँझदेखि ज्वरोका कारण बालुवाटारमै आराम गरिरहेका छन् ।
अस्वस्थताका कारण प्रधानमन्त्री ओलीले मङ्गलबारका सम्पूर्ण भेटघाट तथा अन्य कार्यक्रमहरू स्थगित गरेका थिए ।
ओलीको सचिवालयले प्रधानमन्त्रीकाे स्वास्थ्यमा सुधार आए पनि आज कार्यालय भने नजाने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्