काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेशी नागरिक रहेका छन् ।
हिजो बेलुकी एयर अरेबियाको विमानमार्फत शारजाहबाट आएका चिनियाँ एक र म्यानमारका दुई जना सुनसहित पक्राउ परेका सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्