किरिया पुत्री कुर्न गएका एक जनामाथि कुटपिट

धनगढी : कैलालीमा किरिया पुत्री कुर्न गएका बेला एक जनामाथि कुटपिट भएको छ।

जिल्लाको जानकी गाउँपालिका–७ का भीमबहादुर विकको घरमा किरिया पुत्री कुर्न गएका बेला सोही ठाउँ बस्ने ४० वर्षीय किस्ने विकमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

मादक पदार्थ सेवन गरेर विकलाई स्थानीय ३५ वर्षीय सोनु विक, २२ वर्षीय एकिन्द्र विक, २५ वर्षीय कालू विक र ४० वर्षीय जनक विकले कुटपिट गरेको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी)  कबिन्द्र बोहोराले बताए।

किस्नेको नाक र मुखमा चोट लागेको छ भने उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार