भरुवा बन्दुक र विष्फोटक पदार्थसहित एक जना पक्राउ

धनगढी : कैलालीको गोदावरीमा भरुवा बन्दुक र विष्फोटक पदार्थसहित एक जना पक्राउ परेका छन् । मंगलबार कैलालीको गोदावरी नगरपालिका ४ बस्ने ६५ वर्षका लालबहादुर बुढामगर दुई थान एकनाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको टोलीले चैतरा सामुदायिक वनमा लुकाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक दुई थान, सुरा जस्तो देखिने पदार्थ ११५ ग्राम, गन्धक जस्तो देखिने पदार्थ २० ग्राम, बारुद जस्तो देखिने पदार्थ १५५ ग्राम, सिसाको टुक्रा ४ थान, फलामको सरिया काटेर गोली बनाएको टुक्रा ४ थान र केपको रुपमा प्रयोग हुने खैरो कागज टुक्रा ४ थान फेला पारेको जनाएको छ ।

SHIKHAR COOL TECH

बन्दुकसहित उक्त पदार्थहरु बरामद गरी लालबहादुरलाई पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार