धनगढी । पटक पटक मन्त्री बनेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् ।
यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै सर्वोच्च अदालतले पनि मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो ।
मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेलाई दोषी ठहर गरेको हो ।
सर्वोच्चले तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले दोषी ठहर गरेसँगै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भएको छ ।
प्रतिक्रिया दनुहोस्