तिहारपछि खुलेको सेयर बजार स्थिर

काठमाडौं : तिहारपछि खुलेको सेयर बजार स्थिर देखिएको छ। मंगलबारको कारोबारमा एक पटक २६९६ सम्म पुगेको नेप्सेले त्यो वृद्धि कायम राख्न सकेन। बजार बन्द हुँदा नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० विन्दु आएपछि बजार बन्द भएको छ।

यस्तो घटबढलाई बजार स्थिर भएको रूपमा हेरिन्छ। नेप्से अहिले निश्चित बिन्दुबीच रहेर घटबढ भएकोले ‘साइडवेज मुभमेन्ट’ मा देखिएको छ। २५ सय माथि रहने तर २७ सयको विन्दु पार गर्न समस्या पर्ने गरेको देखिन्छ।

Galaxy

यो साइडवेज मुभमेन्ट प्रवृत्तिको अन्त्य बढेर भएमा बजार थप केही बढ्नेछ भने घटेर भएमा थप घट्नेछ। मंगलबार कारोबार रकम समेत घटेको छ। यसले लगानीकर्ताहरूले निर्णय लिन नसकिरहेको पुष्टि गर्छ। यसदिन चार अर्ब २० करोड रूपैयाँको कारोबार भएको छ।

तिहार अघिको अन्तिम कारोबार दिनमा पाँच अर्ब ९५ करोड रूपैयाँको कारोबार भएको थियो। केहीले बजार बढ्ने सम्भावना देखिरहेपनि धेरै यसमा अझै विश्वस्त हुन नसकेको मंगलवारको बजारले देखाइरहेको छ।

मंगलबार कारोबारमा आएकामध्ये आधा समूहको परिसूचक घटेका छन भने आधा जतिको बढेका छन्। बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापारमुलक समूहको परिसूचक सामान्य बढेका छन्। बाँकी अन्यको घटेको छ।

तीन सय दुई स्क्रिपको कारोबार हुँदा एक सय ३४ वटाको मूल्य बढेका छन् भने एक सय ४९ वटाको मूल्य घटेका छन्।

सुपर माइ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ। कम्पनीको एक सय तीन रूपैयाँले मूल्य बढेर एक हजार एक सय ४० रूपैयाँमा कारोबार भएको हो।

मिड सोलु हाइड्रोको १० प्रतिशतले नै मूल्य घटेर सर्किट लागेको छ। कम्पनीको एक सय ६ रूपैयाँले मूल्य घटेर नौं सय ५५ रूपैयाँमा कारोबार भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार