बैतडीका ५ पालिकामा कोभिडविरुद्धको खोप लगाइँदै !

बैतडी : बैतडीका ५ पालिकामा कोभिडविरुद्धको खोप लगाइँदै छ ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टका अनुसार कार्तिक अन्तिम साता ५ ओटा पालिकामा कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो ।

जिल्लाको पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकामा भने तिहारअघि खोप अभियान सम्पन्न भइसकेको छ ।

पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास र डिलाशैनी गाउँपालिकामा कार्तिक २६, २७ गते र दशरथचन्द नगरपालिकामा कार्तिक २७ र २८ गते खोप अभियान सञ्चालन हुने बताइएको छ ।

कोभिड १९ भाइरसले आनुवांशिक स्वरुप परिवर्तन गरेर फैलिरहेको हुँदा स्वास्थ्य मन्त्रालयको नीति अनुसार जिल्लामा पनि खोप अभियान सञ्चालन भएको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार