भविष्यको लागि युवा खेलाडी उत्पादन गर्न फुटबल प्रतियोगिता आयोजना गरिदैं !

धनगढी : भविष्यको लागि युवा खेलाडी उत्पादन गर्नको लागि कैलालीको अत्तरियामा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

भविष्यमा सिनियर टिममा खेल्न सक्ने युवा खेलाडी उत्पादन गर्न उमेर सीमा तोकेर फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको छ । जसका लागि २३ वर्ष मुनिका खेलाडी मात्रै सहभागी हुन पाउने गरी फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक वनदेवी युवा क्लब (बीवाईसी)ले जनाएको छ ।

Seti Hospital

क्लबका अध्यक्ष शुसन जोशीले खुला उमेर समूह र कम उमेर समुहका थुप्रै प्रतियोगिता आयोजना गरिए पनि अण्डर २३ समूहको पहिलो प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ‘हाम्रो योजना फुटबलको विकास गर्नु थियो । त्यसका लागि कसरी काम गर्न सकिन्छ भनेर छलफल गर्दा फुटबलको विकासका लागि अण्डर २३ समूहको खेल गराउँदा उपयुक्त होला भन्ने सल्लाह आयो’ उनले भने ‘फुटबलमा जुनियर टिमलाई पनि अगाडि बढाउनको लागि प्रतियोगिता आयोजना गर्न लागेका हौ ।’ उनले यो उमेर समूहमा सहभागी भएका फुटबल खेलेका फुटबल खेलाडी भविष्यको कर्णधारका रूपमा उत्पादन हुने बताए ।

फुटबल प्रतियोगिता कार्तिक २२ गते देखि २८ गते सम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको नाम ‘यु २३ बीवाईसी कप’ राखिएको छ । प्रतियोगितामा विजयी खेलाडीले १ लाख १ रुपैयाँ पुरस्कार पाउने खेल संयोजक देव राज जोशीले बताए ।

यस्तै द्धितिय हुनेलाई ५० हजार १ रुपैयाँ, ट्रफि मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । प्रतियोगितामा सहभागी खेलाडी मध्ये म्यान अफ दी म्याच तथा विविध विधामा पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा कैलाली र कञ्चनपुरका विभिन्न क्लबका तथा पालिकाहरूका टिम सहभागी हुने खेल संयोजक जोशीले बताए ।

प्रतियोगितामा सहभागिताका लागि कार्तिक २० गते भित्र नै टिम दर्ता गराइसक्नु पर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । खेल संयोजक जोशीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउँदै टिम दर्ता पनि हुने क्रम जारी रहेको बताए ।

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा डाबर नेपाल प्रालि काठमाण्डौं रहेको छ भने सह प्रायोजकको रूपमा रोह्तो मेन्थोलेटम नेपाल प्रालि काठमाण्डौं रहेको आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार