कार्तिक २३ गते शुक्रवारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं : यही कार्तिक २३ गते शुक्रवारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुने गरी ट्याक्सी वे बनाउन काम गर्नु परेकोले हरेक दिन १० घण्टा विमानस्थल बन्द हुन लागेको हो ।

विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब पाँच महिना लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यसका लागि लामो समय लाग्ने भएकाले नै कार्तिकदेखि नै काम थाल्न लागिएको प्राधिकरणको भनाइ छ ।

गर्मी याममा काम गर्न नसकिने तथा मनसुन पनि प्रारम्भ हुने भएकोले हिउँदको समयमात्र उपयुक्त विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिएका छन् । महानिर्देशक अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको स्पष्ट पारेका छन् ।

यो कामको योजना करिब ८ महिना अघिदेखि कै भएकाले पनि यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न महाप्रवन्धक अधिकारीले आग्रह गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यक्षमता अभिवृद्धिका लागि प्रारम्भ गर्न लागिएको यो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनै पनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण छ । अधिकारीले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएकोसमेत बताएका छन् ।

हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको प्राधिकरणको भनाइ रहेको यो समाचार गोरखापत्रबाट लिइएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार