तिहारपछिको पहिलो कारोबार सुनको मूल्यमा गिरावट

काठमाडौँ : तिहारपछि खुलेको बजारमा भएको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो । 

तिहार अघिको कारोबार अर्थात् कात्तिक १५ गते सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च भएकोमा तिहारपछिको पहिलो कारोबार हुँदा भने छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ घटेको हो । 

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार