धनगढी : तिहार सकिएसँगै छठको तयारी शुरु भएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिए सँगै छठ पर्वको तयारी शुरु भएको हो । तराई– मधेसका जिल्लामा छठ पर्वको लागि तयारी शुरु गरिएको छ ।
छठका लागि नदी, तलाउ किनारामा छठ घाट निर्माण गर्न थालिएको छ । धनगढीको मोहना नदी, किनारा, अत्तरियाको गोदावरी नदी किनारामा पनि यति वेला छठका लागि घाट सजाउने काम भईरहेको छ ।
छठ लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट विधिवत् रूपमा आरम्भ हुन्छ ।
खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, मुला, अदुवाको बोट पर्छन् । छठको मुख्य दिन कार्तिक २२ गते हो । त्यस दिन सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्