कैलाली भन्सारबाट अन्दाजी २ लाख बराबरको छलीको सामान बरामद

धनगढी अन्दाजी मूल्य २ लाख ३३ हजार २५० बराबरको सामान बरामद गरिएको छ ।कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

Galaxy

जिल्लाको विभिन्न स्थान धनगढी–९ बङग्राकाटन, धनगढी–१२ कम्पनी टोल र बिर्याघाट, धनगढी–१८ थापाघाट र टीकापुर–९ वालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ३३ हजार २५० बराबरको सामान बरामद गरिएको हो।

उक्त मुल्य बराबरको प्याज, चिनी, मिठाई, बिडी, सुर्ती, बिभिन्न किसिमका पटाका, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा, माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार