कैलालीमा धान खरिदको कोटा बढ्यो

धनगढी : कैलालीमा खाद्य तथा व्यापार कम्पनीले धान खरिदको कोटा बढाएको छ। गत वर्ष कैलालीमा ४० हजार क्विन्टल कोटा तोकेकोमा यसवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पहिलो चरणमा ५५ हजार क्विन्टलको कोटा पाएको हो।

किसानले राम्रो मूल्य पाउन र बाढी विपद् परेका देशका अन्य भागमा पनि आपूर्ति गर्न सहज होस भनेर यस वर्ष पहिलो चरणमा ५५ हजार क्विन्टल खरिद गर्न लागिएको छ। यो लक्ष्य पूरा भएपछि थप खरिद गरेर एक लाख क्विन्टलसम्म पु¥याइने कम्पनीको सुदूरपश्चिम प्रादेशिक कार्यालयका निमित्त प्रमुख इन्जिला बस्नेतले बताइन।

Seti Hospital

कैलालीको मोहनपुर, टीकापुर, सत्तीमा धान खरिद सुरु भएको छ। सुरुको तीन दिनमा एक हजार पाँच सय क्विन्टल धान खरिद भैसकेको बस्नेतले बताइन। कञ्चनपुरमा १३० क्विन्टल जति खरिद गरेको र तिहारपछि झलारी र सिसैयामा काँटा लगाएर पहिलो चरणमा १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेको छ। कम्पनीले मोटा धान प्रति क्विन्टल तीन हजार ४१० रुपियाँ ५१ पैसा मूल्यमा धान खरिद सुरु गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

समबन्धित समाचार