धनगढी : बैतडीको पाटनमा भएको चौथो संस्करणको पाटन प्रिमियर लिगको उपाधि कोइनोडा टीम गुरुखोला लायन्सले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा कोइनोडा गुरुखोला लायन्सले पाटन भ्याली क्रिकेट क्लबलाई ४५ रनले पराजित गर्दै उपाधी जितेको हो ।
उपाधीसँगै गुरुखोला लायन्सले एक लाख २३ हजार ४ सय ५६ नगद प्राप्त गरेको छ । उपविजेता पाटन भ्यालीले ५६ हजार ७ सय ८९ नगद पाएको छ ।
एक सय ९६ रनको विजयी लक्ष्य पाएको पाटन भ्याली एक सय ५० रनमा अलआउट भएको थियो ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुरुखोला लायन्सले निर्धारित २० ओभरमा ७ विकेट क्षतीमा एक सय ९५ रन बनाएको थियो ।
गुरुखोला लायन्सका निराजन गौतमले अविजित ९८ रन बनाएका थिए । निराजन प्लेयर अफ दि म्याच बने । प्रतियोगितामा पञ्चेश्वर गाउँपालिकाका अभिषेक पाल प्लेयर अफ द सिरिज बने । त्यस्तै, गुरुखोलाका निराजन बेस्ट ब्याटर र सुभास विष्ट बेस्ट बलर बने ।
प्रतिक्रिया दिनुहोस्