अभिभावकले गर्ने ५ गल्ती, जसले बसाउँछ बालबच्चामा मोबाइलको लत

धनगढी : आजभोलिका बालबालिका कम उमेरमै इन्टरनेट प्रयोगकर्ता बनिरहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइनमा हुन्छन् ।

यस्तोमा अनलाइन दुनियाँमा समेत बालबालिकाको बढ्दो पहुँचले खतरा निम्त्याइरहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

धनगढी सूचना

तर यस कानुनसँग सम्बन्धित नयाँ नियमहरू सन् २०२५ सम्म लागू हुने छैनन् । किनकि यो नियम हाल बहसको विषय बनेको छ।

आलोचकहरू भन्छन्, ‘यो नियम बनाए पनि धेरै प्रभावकारी छैन ।’

बेलायतपछि विश्वभरका धेरै देशले समान नियम बनाई लागू गरेका छन् । सामाजिक सञ्जालमा अपरिचित व्यक्ति र एपसँग जोडिनका लागि बढावा दिन सबैभन्दा बढी योगदान कम उमेरका बालबालिका तथा किशोरकिशोरी रहेको तथ्यांकले देखाउँछ।

सन् २०२३ मा विश्वभर १५ देखि २४ वर्षसम्म उमेरका ७९ प्रतिशत अनलाइन प्लेटफर्मका प्रयोगकर्ता छन् । यंग एण्ड रेजिलिएन्ट सेन्टरका सहनिर्देशक अमान्डा थर्ड भन्छिन्, ‘अनलाइन जगतमा हुर्किरहेका बालबालिकालाई इन्टरनेटमा सुरक्षित राख्न मद्दत आवश्यक छ ।’

बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय संगठन युनिसेफले गरेको अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिकाले साइबर संसारमा धम्कीको सामना गर्छन् । जसकारण करिब २० प्रतिशत बालबालिका विद्यालय जान समेत छाडेका छन् ।

त्यति मात्र होइन, कतिपय बालबालिका सामाजिक सञ्जालमा घृणायुक्त भाषण, हिंसात्मक सामग्री तथा उग्रवादी खालका सामाजिक सञ्जालका ग्रुपहरुमा जोडिनु पनि चिन्ताको विषय हो ।

– एन्ड्रोइड, एप्पलको फोन र ट्याब्लेटहरूमा यस्ता एप र सिस्टम हुन्छन्, जुन अभिभावकले निगरानीका लागि प्रयोग गर्न सक्छन्।

– यी उपकरणहरू मार्फत अनुचित एपहरूको ब्लक गर्न सकिन्छ । वा, यस्ता पहुँच सीमित गर्न सकिन्छ ।

– गलत उत्सुकता प्रयोग गर्ने वयस्क सामग्री प्रतिबन्धित गर्न सकिन्छ । बालबालिकाको खरिदमा प्रतिबन्ध लगाउन सकिन्छ । र, तिनीहरूको ब्राउजिङ निगरानी गर्न सकिन्छ ।

– एप्पलले स्क्रिन टाइम उपकरण उपलब्ध गराएको छ ।

– नेटफ्लिक्स जस्ता स्ट्रिमिङ प्लेटफर्महरूले सामग्री फिल्टर गर्न अभिभावकीय नियन्त्रणहरू प्रदान गर्छन् ।

एकै समयमा गेमिङ कन्सोलको सेटिङ मार्फत अभिभावकहरूले बच्चालाई उनीहरूको उमेरअनुसार खेल खेल्न सीमा तोक्न सक्छन् । र, खेल खेल्दा खरिदमा प्रतिबन्ध लगाउन सक्छन् ।

धेरै देशमा यी अभिभावकीय नियन्त्रण विकल्पहरू ब्रोडब्यान्ड र टिभी सेवा प्रदायकहरुले पनि प्रदान गर्दै आइरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार