कञ्चनपुरबाट एकैदिन २३ जना जुवाडे पक्राउ

धनगढी :कञ्चनपुरबाट एकैदिन २३ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका-१ बराकुण्डा रौटेला स्थित रौटेला खोला किनार स्थित झाडी भित्रबाट जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका-४ बस्ने २९ वर्षीय राजेन्द्रबहादुर शाहसहित १३ जना पक्राउ परेका हुन्। यी १३ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद ४ लाख ७४ हजार ९८ र १४ गड्डी ताससहित पक्राउ गरेको हो।

बेदकोट नगरपालिका-७ सुडा स्थित ३९ वर्षीय अमर सिंह धामीले संचालन गरेको न्यु हाइवे वाइन्स एण्ड क्याफेमा जुवातास खेलिरहेको अवस्थामा धामीसहित ४ जना पक्राउ परेका छन्। यी चार जनालाई पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद २६ हजार २५० र ३ गड्डी ताससहित पक्राउ गरेको हो।

यसैगरी दोधारा चाँदनी नगरपालिका-१ भुमीराज टोल स्थित सुरेश गिरीको मानिस नबस्ने घरबाट सोही ठाउँ बस्ने ४० वर्षीय गोपाल सुनारसहित ६ जना जुवाडे पक्राउ परेका हुन्। यी ६ जनालाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले नगद २५ हजार १७५ र १ गड्डी ताससहित पक्राउ गरेको हो। बुधवार पक्राउ परेका २३ जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार