तिहारका लागि किसानको बारीमा विभिन्न प्रजातिको सयपत्री ढकमक्क फुले

धनगढी : कैलालीको पुष्प कृषकका बारीमा विभिन्न प्रजातिको सयपत्री ढकमक्क फुलेको छ । तिहारका लागि किसानको बारीमा सयपत्री, मखमलीलगायतको फूल तयार भएको हो । यी फूलहरू विशेष गरेर तिहारसहित अन्य चाडपर्वमा प्रयोग हुने गरेको छ । 

व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसान अब तिहारको पर्खाइमा रहेका छन् । दीवापलीका लागि पर्याप्त मात्रामा फूल तयार भएको धनगढी उपमहानगरपालिका–६, मटियारीमा पुष्प खेती गर्दै आउनुभएकी सुशीला विष्टले बताए । 

dashain shuvakamana
Discovery School

उनले डेढ बिघा जमिनमा सयपत्री र मखमली फूलको खेती गरेका छन् । दसैँबाटै फूल बिक्री गर्न थालेको जनाउँदै कृषक विष्टले भने, “तिहारका लागि मखमली र सयपत्री तयार भएको छ ।”

पति शङ्करसहित आफूले वर्षभरि नै फूल उत्पादन र बिक्री गर्दै आएको विष्टले जानकारी दिए । विष्ट दम्पतीले गत वर्षदेखि धनगढीमा फूल खेती गरिरहेका छन् । कैलालीको धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका, टीकापुर नगरपालिकामा प्लास्टिकको माला बिक्रीवितरण निषेध गरिएको छ ।

चाडपर्वलगायत अन्य कुनै पनि कार्यक्रममा प्लास्टिकको मालाको बिक्रीवितरण निषेध गरिएका कारण पुष्प खेती गर्दै आएका कृषक उत्साहित छन् । तिहारमा फूलको माला धेरै बिक्री हुने उनीहरूको अपेक्षा छ ।

तिहारमा प्लास्टिकजन्य मालाको बिक्रीवितरण निषेधले फूलको माला बिक्री हुने अपेक्षा गरेको टीकापुर नगरपालिका–१ मा विगत सात वर्षदेखि फूल खेती गर्दै आउनुभएका सीताराम चौधरीले बताए । एक बिघा जमिनमा फूल खेती गर्नुभएका उनले तिहारका लागि फूल टिपेर अब माला बनाउने कार्य सुरु गर्ने उल्लेख गरे । 

कृषक चौधरीले वर्षमा दुई सिजन आफ्नो बारीमा फूल फुलाउँदै आएका छन् । दुई सिजन फूल खेती गरेर वार्षिक पाँच लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको उनले जानकारी दिए । फूल गोडमेल गर्ने, टिप्ने, माला गाँस्नेलगायतका कार्यमा चौधरीले १५ जनालाई रोजगारीसमेत दिएका छन् । 

पुष्प खेतीमा आम्दानी रहेकाले आफूले फूलखेती विस्तार गर्दै आएको उनको भनाई छ । “सुरुमा मैले १० कट्ठामा फूल खेती गरेको थिएँ,” उनले भने, “त्यसबाट फाइदा भएकाले क्षेत्रफल बढाउँदै लगेको छु । फूल खेती अझै विस्तार गर्ने सांच छ ।”

विगत तीन वर्षदेखि प्लास्टिकको किनबेच तथा प्रयोग बन्देज गरेको धनगढी उपमहानगरपालिकाले फूल खेतीमा अग्रसर हुनका लागि किसानलाई प्रोत्साहन गर्दै आएको छु । सो पालिकाले किसानलाई फूल खेतीसम्बन्धी तालिमसमेत प्रदान गरेको छ ।

यसै गरी उत्पादित फूल बजारीकरणमा पनि सहयोग गर्दै आएको छ । तालिम लिएका १० जना किसान अहिले पुष्प खेतीमा सक्रिय रहेको जनाइएको छ । गत वर्ष चाडपर्वमा बिक्री हुन नसकेको किसानको फूल धनगढी उपमहानगरपालिकाले खरिद गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार