कञ्चनपुरको लालझाडीका बडायक दम्पतीको ह*त्या प्रकरण रहस्यमै

धनगढी : कञ्चनपुरको लालझाडी गाउँपालिका– १, बिनबारीका रमेश बडायक दम्पती गत शुक्रबार बिहान मृतावस्थामा भेटिए । रमेश बडायक घरको आँगनमा मृत भेटिएका थिए भने उनकी श्रीमती कमला बरण्डामा सुतेकै ठाउँमा मृत भेटिएकी थिइन् ।

रमेशको टाउको र कमलाको टाउको तथा निधारमा समेत धारिलो हतियार प्रहार गरिएका कारण प्रहरीले दुवै जनाको हत्या भएको निष्कर्ष निकाल्दै सोहीअनुसार अनुसन्धान अघि बढाएको थियो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक( डीएसपी) उमेश जोशीको नेतृत्वमा १० जनाको प्रहरी टोली पाँच दिनदेखि लालझाडीमै छ ।

dashain shuvakamana
Discovery School

तर, अनुसन्धान अझै निष्कर्षमा पुग्न सकेको छैन । जोशीलाई सघाउन नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक व्यापक शाह र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह(पीआईटी) को टोली समेत खटिएको छ ।प्राविधिक पक्षको विश्लेषणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समेत सहयोग मागिएको छ ।

तैपनि घटनाको रहस्य खुलेको छैन । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक( एसपी) चक्रराज जोशीले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको बताए । हामीले विभिन्न कोणबाट विश्लेषण गरेर घटनाको अनुसन्धान गरिरहेका छौँ । अहिले नै यस्तै हो, हुन्छ भनेर भन्न सकिने अवस्था छैन,’ जोशीले भने, ‘शंकास्पद व्यक्तिहरुमाथि निगरानी गरेर सोधपुछ गर्ने, प्राविधिक पक्षको विश्लेषण गर्ने काम जारी छ ।’

अनुसन्धानले लय समातिनसकेपनि चाँडै निष्कर्षमा पुगिने उनी बताउँछन् । लालझाडीमै नास्ता पसल सञ्चालन गर्दै आएका बडायक दम्पतीको हत्यामा प्रयोग गरिएका हतियार समेत फेला परेका छैनन् । घटना भएको अघिल्लो दिन उनीहरुले बैँकबाट दुई लाख ४३ हजार रुपैयाँ झिकेका थिए । घटनाको कारण पैसा नै भएको आशंका गरिएको थियो तर उक्त रकम घरमै फेला परेपछि प्रहरीले अनुसन्धान अर्कैतिर मोडिएको छ ।

प्रहरीकाअनुसार उक्त रकम चिनी मिलले उखु खरिद गरेवापत अन्य किसानहरुसँग बाँड्ने गरी बडायकको खातामा रकम हालिएको थियो । सोहीअनुसार बडायकले रकम बैकबाट झिकेको खुलेको प्रहरीको भनाइ छ ।

अहिले प्रहरीले व्यक्तिगत रिसइबी, लेनदेन तथा पारिवारिक विवाद जस्ता कारणले हत्या भएको हुनसक्ने कोणबाट अनुसन्धान अघि बढाइएको स्रोत बताउँछ तर अनुसन्धानले लय समातिसकेको अवस्था भने छैन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रविन्द्र केसीले पनि सबै कोणबाट अनुसन्धान भइरहेको बताउँदै छिट्टै निष्कर्षमा पुगिने बताए । ‘विभिन्न कोणबाट छानबिन जारी छ ।

जिल्ला र प्रदेशको मात्र होइन केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीसँग पनि समन्वय गरेर प्राविधिक पक्षको विश्लेषण गर्दैछौँ,’ डीआईजी केसीले अनलाइनखबरसँग भने, ‘छिट्टै नै निष्कर्षमा पुग्छौँ भन्ने विश्वास छ । उनले अनुसन्धानमा तालिम प्राप्त कुकुर, विज्ञ प्रहरी अधिकृत तथा कर्मचारीहरुलाई खटाइएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार