काठमाडौँ : बुधबार १४.४३ अंक घटेर नेप्से २६७७ मा ओलिएको छ ।
बजार घट्दा कारोबार रकम पनि घटेको छ । मंगलबार ६ अर्ब १२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९५ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
बुधबार ७५ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक २.५२ प्रतिशत बढ्यो ।
त्यसबाहेक निर्जीवन बीमा ०.४९ र व्यापार समूह ०.३२ प्रतिशत बढ्दा अरु समूह घटे । लगानी समूह सबैभन्दा धेरै १.४१ प्रतिशत घट्यो । गुराँस लघुवित्त, मिडसोलु हाइड्रोपावर, अपरस्याङ्गे हाइड्रोपावर र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
प्रतिक्रिया दिनुहोस्