कैलालीमा १० बजे पछि देउसी भैलो खेल्न नपाईने

धनगढी : कैलालीमा १० बजे पछि देउसी भैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै १० बजे पछि देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु गर्न रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी किरण जोशीद्धारा जारी सूचनामा पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउन र ओसारपसार नगर्नु भनिएको छ ।

‘देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु गर्दा र गराउँदा बेलुका १० बजेसम्म मात्र गर्नु गराउनु हुन र पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थ प्रयोग, ओसार प्रसार र बिक्री वितरण नगर्नु नगराउनु हुन तथा जुवातास एवं अन्य कुनै पनि जुवाजन्य कार्य नगर्नु नगराउनु हुन सवैमा जानकारी गराईन्छ’ सूचनामा भनिएको छ ‘यदि कसैले यो सूचनाको अवज्ञा गरी कानून विपरितका कार्यहरु गरे, गराएको पाईएमा प्रचलित कानून बमोजिम कडा कारवाही भै जाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।’

सूचनामा दियो, मैनवत्ती, पालाहरु वाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गर्दा आगजनी जस्ता विपद्का घटनाहरु घट्न सक्ने भएकोले सो तर्फ सचेत हुन समेत आग्रह गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार