दलितका लागि दलित अभियान, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न

धनगढी : दलितका लागि दलित अभियान सुदूरपश्चिम प्रदेशको आयोजनामा गोदावरी नगरपालिका–८ स्थित रेड लायन फिजिकल एकेडेमी मा भयको  तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका पुर्व सामाजिक विकास राज्य मन्त्री तथा दलित अगुवा टेकबहादुर रैकाले सदरमुकाममा बस्ने दलितले केहि सुबिधा पाएपनि गाउँका कुनाकाप्चामा बसेका दलितहरूले त्यो सुबिधा नपाएको बताएका छन। उनले दलितका लागी दलित अभियान (आफ्ना लागि आफै) नामाकरण गर्ने खगेन्द्र सुनारलाई धन्यवाद समेत दिएका थिए। राजनितिक दलमा हामी काङ्ग्रेस कम्युनिस्ट जता भयपनि दलितको पिडा यसले देखाएको छ।

हिजोको हाम्रो बाउबाजेले खेप्ने पिडा र अहिलेको पिडा फरक छ, पहिले प्रत्यक्ष रुपमा हुने हाल अप्रत्यक्ष रुपमा मात्र भयको बताए। गोदावरी नगरपालिका–८ का वडा सदस्य चन्द्रबहादुर विकले तपाईंले भोगेको पिडा र मैले भोगेको पिडा एउटै भयको र यसमा सबैजना हातेमालो गरेर मुक्ति कालागि एकजुट हुनुपर्ने बताए। दलितका लागि दलित अभियानले सुतेका दलितहरूलाई एकपटक फेरि ब्यूँझाएको बताउदै यस्ता कार्यक्रम हरू प्रत्यक वडाहरूमा गर्नुपर्ने र जनजागरण फैलाउनुपर्ने उनले बताए।

त्यसैगरि उत्पिडित सम्वनय मञ्च गौरीगंगाका संयोजक तथा अभियान्ता  डिवि सुनारले अब हामीले आफ्नो सोच बदल्नु पर्ने र हामीसंग सम्भावना धरै छन।सम्भावनाको चौराहमा भयको र संगठित रूपमा जानुपर्नेमा जोड दिए। हाम्रो समुदायमा नेता बन्ने होड भएको सबैजना बोल्न मात्रै चाहने सुन्न नचाहने समस्यालाई हल गर्दै अगाडि बढ्नु पर्ने र राज्य सञ्चालन सत्तामा जाने हो भने हामी संगै उत्पीडनमा परेको समुदाय थारू, मगर को पनि पिडा एउटै भएकाले उहाँहरूसंग कार्यगत एकता गर्नु पर्ने बताए।

त्यस्तै गैर सरकारी संस्था महासंध सुदूरपश्चिमका प्रदेश सह–सचिव राजेन्द्र रैकाले हाम्रा आफ्नै पिडा छन, बिभेदमुक्त भएका छैनौ। यसमा दलिकालागी दलित अभियानबाट देशब्यापी रूपमा जागरण पैदाहुने काम भएको बताए। 
दलिकालागी दलित अभियान नेपाल सुदूरपश्चिम प्रदेश संयोजक सुरत भुलको अध्यक्षतामा भयको कार्यक्रममा दलित अगुवा , राजनितिज्ञ, सामाजिक अभियान्ता, व्यापारि , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु  लगाएतको बाक्लो उपस्थिति रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार